सेल, छुट र उपहारको बहार

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

नेपालीको ठुलो चाड दसैँ घर–आँगनमा भित्रिइसकेको छ । तिहार र छठ पर्व आउन पनि धेरै समय बाँकी छैन । तर, बजारमा भने विगतका वर्षको तुलनामा चाडपर्वको रौनक खासै देखिएको छैन । अर्थतन्त्र चलायमान र बजार चहलपहल हुने वेला हो यो । तथापि, जेन–जी आन्दोलनको असर, राजनीतिक अन्योल, सडक बन्दलगायतले गर्दा उपभोक्तामा अपेक्षित उत्साह देखिएको छैन । चाडपर्व नजिकिँदै जाँदा बजार चलायमान हुने अपेक्षा व्यापारीले राखे पनि देशमा सिर्जना भएको पछिल्लो अवस्थाले गर्दा व्यवसायमा चिन्ता बढेको छ । यद्यपि, कम्पनीहरूले भने हरेक वर्षझैँ यस वर्ष पनि ग्राहक तान्ने रणनीति अघि सारेका छन् । जसका लागि उनीहरूले विदेश भ्रमणदेखि क्यासब्याकसम्मका आकर्षक छुट, उपहार योजना तथा नगद पुरस्कार घोषणा गरेका छन् । यहाँ केही कम्पनीहरूले ल्याएका योजनाबारे उल्लेख गरेका छौँ ।

दसैँ–तिहार एलजी नेपालको ‘खुसीको ४० वर्ष’ योजना
एलजीले आफ्नो ४० वर्षे यात्रालाई उत्सवका रूपमा मनाउँदै ‘खुसीको ४० वर्ष’ नामक दसैँ–तिहार अभियान ल्याएको छ । नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यो अभियानअन्तर्गत उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र पक्का उपहार 
प्राप्त गर्नेछन् ।  

सेन्साईका घरायसी सामान किन्दा मोटरसाइकल जित्ने अवसर 
इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले दसैँ, तिहार र छठलाई विशेष बनाउन आकर्षक अफर ल्याएको छ । ग्राहकले सेन्साईका कुनै पनि घरायसी सामान खरिद गर्दा बम्परमा उपहारमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्न सक्नेछन् ।   

साओमीको मोबाइल किन्दा ५० लाखसम्मको उपहार
मोबाइल ब्रान्ड साओमीले पनि आकर्षक दसैँ स्किम ल्याएको छ । कम्पनीका अनुसार यो स्किममा ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । जसमा ग्राहकले साओमीका मोबाइल खरिद गर्दा साप्ताहिक रूपमा एकजनाले साओमी–१५ अल्ट्रा मोबाइल, साओमी प्याड–७ जित्न सक्नेछन् ।  

सामसङले ल्यायो ‘दसैँको मुड,सबै गुड’ र ‘दिनदिनै दसैँ’ 
सामसङ नेपालले ‘दसैँको मुड, सबै गुड’ र ‘दिनदिनै दसैँ’ योजना सार्वजनिक गरेको छ । २५ भदौदेखि २४ असोजसम्म सञ्चालन हुने अफरमा ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन् । त्यस्तै, ‘दिनदिनै दसैँ’ योजनामा नयाँ सामसङ स्मार्ट फोन वा ट्याब्लेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन् । प्रत्येक दिन एक भाग्यशाली विजेताले एक लाख रुपैयाँसम्म सपिङ भौचर प्राप्त गर्नेछन् ।

 भायानेटको इन्टरनेट जडान वा नवीकरण गर्दा उपहार र छुटैछुट
इन्टरनेट सेवाप्रदायक भायानेटले पनि आफ्ना नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक दसैँ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् । जसमा तीन हजार पर्ने मेस राउटर पाँच सय रुपैयाँ छुटसहित २५ सयमा उपलब्ध हुनेछ । त्यस्तै, १० हजार सात सय ४९ मूल्यको डुअल ब्यान्ड फोन जेडटिई नुबिया ए–३६ छुटसहित आठ हजार दुई सय ९९ मा पाइनेछ भने ४३–इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार नौ सय ९९ मा किन्न सकिने बताइएको छ ।  

एनएमबि बैंकको नयाँ अटो लोन योजना
एनएमबि बैंकले चाडपर्वलाई लक्षित गर्दै अटो लोन सुविधा ल्याएको छ । बैंकका अनुसार ग्राहकले केवल ७.१३ प्रतिशतको ब्याजदरमा सवारीसाधन कर्जा उपभोग गरी व्यक्तिगत सवारीसाधन किन्न सक्नेछन् । इलेक्ट्रिक सवारीसाधन किन्न चाहेका ग्राहकका लागि बैंकको यो अफर एक राम्रो अवसर हुन सक्ने बताइएको छ । 

ज्योति विकास बैंकको पाँच सय क्यासब्याक अफर
ज्योति विकास बैंकले दसैँका अवसरमा क्यासब्याक योजना ल्याएको छ । दसैँको अवसरमा ग्राहकलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले यो अफर सार्वजनिक गरेको बैंकको भनाइ छ । योजनाअन्तर्गत ग्राहकले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा पाँच सय रुपैयाँसम्मको सर्वाधिक क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।  

महालक्ष्मी विकास बैंकको क्रेडिट कार्डमार्फत टुर प्याकेज योजना 
महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने योजना ल्याएको छ । पहिलो चरणमा पर्यटकले गुरु ट्राभल्स, दरबारमार्ग र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्समार्फत यो सुविधा लिन सक्नेछन् । बैंकका क्रेडिट कार्डवाहकले विभिन्न टुर प्याकेज खरिद गर्दा प्याकेजको मूल्यबराबरको रकम भुक्तानी ६ देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्नसमेत सक्ने बैंकले जनाएको छ । 

एनआइएमबीले ल्यायो चाडपर्वलक्षित गाडी कर्जा योजना
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी)का ग्राहकले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन् । बैंकका अनुसार हाल गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरिएको छ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकवर्गलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ । 

सिटी एक्सप्रेसको दसैँतिहार योजना : हरेक हप्ता एकजनालाई एक लाख
सिटी एक्सप्रेस मनी ट्रान्सफरले पनि दसैँ, तिहार र छठका लागि विशेष योजना प्रस्तुत गरेको छ । योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता एकजनाले एक लाख रुपैयाँ र हरेक दिन सबैलाई सिटी पेबाट क्यासब्याक पाउने सिटी एक्सप्रेसले जनाएको छ ।  

चाडबाडलक्षित ‘बजाज प्रिमियर लिग’ योजना
बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दसैँ र तिहारजस्ता चाडपर्वमा ‘बजाज प्रिमियर लिग’ (बिपिएल) सार्वजनिक गरेको छ । यसमा ग्राहकले सातै प्रदेशबाट प्रत्येक हप्ता ५० हजार नगद उपहार जित्नेछन् । त्यस्तै, ‘प्लेयर अफ दी विक’ बन्ने ग्राहकले एक लाख नगद पाउनेछन् भने चर्चित क्रिकेटरसँग भेट्न अवसरसमेत पाउनेछन् । 

कजारियाको देश–विदेश घुम्न पाइने योजना 
कजारिया टायल्स ‘कजारियासँगै गृहप्रवेश, घुमौँ देश–विदेश’ नामक उपभोक्ता योजना घोषणा गरेको छ । योजनामार्फत ग्राहकले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट स्मार्टवाच जित्ने मौका पाउने कम्पनीले जनाएको छ । साथै, बम्पर उपहारस्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिनेछ । ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा एक हजार वर्गफिट कजारिया टायल्स खरिद गरेपछि यो योजनामा सहभागी हुन सक्नेछन् ।

See More On

सुझावित समाचार