सुनचाँदीको मूल्य घट्यो

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले घटेर प्रतितोला दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको मूल्य दुई लाख २३ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

सुझावित समाचार