देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

देउवाको स्वास्थ्यमा सुधार भइरहेको उनका स्वकीयसचिव भानु देउवाले जानकारी दिए। देउवाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ।

देउवा र उनकी श्रीमती परराष्ट्रमन्त्री आरजु देउवा राणालाई बुढानीलकण्ठस्थित निवासमै प्रवेश गरेर प्रदर्शनकारीले कुटपिट गर्दै घरमा आगजनी गरेका थिए।

कुटपिट र लछारपछार गरी उनीहरूले देउवा दम्पतीलाई सेनाको जिम्मा लगाएका थिए।

सुझावित समाचार