सुनचाँदीको मूल्य घट्यो

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा एक लाख ९६ हजार तीन सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज १५ रुपैयाँले घटेर तोलामा दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कायम भएको थियो ।

सुझावित समाचार