प्रधानमन्त्री ओली एससिओ सम्मेलनका लागि चीन जाँदै

बिहिबार, ३० साउन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली चीनको तिआन्जिन सहरमा हुने सांघाई सहयोग संगठन (एससिओ)को  शिखर सम्मेलनमा सहभागी हुन जाने भएका छन् । ओलीलाई चीनको निमन्त्रणा बुधबार प्राप्त भएको हो । 

प्रधानमन्त्री ओली जाने पहिले नै पक्का भएको, तर औपचारिकताका लागि बुधबार मात्र पत्र प्राप्त भएको र उनी सानो प्रतिनिधिमण्डल लिएर चीन जान लागेको परराष्ट्र मन्त्रालय स्राेतले जनाएको छ । 

एससिओ सम्मेलनमा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन्। ओली चार दिनपछि स्वदेश फर्कनेछन्। शिखर सम्मेलनको सिलसिलामा उनले राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

सुझावित समाचार