‘बागमतीमा विश्वासको मतः बहादुर पक्षका १३ सांसद हेटौँडामा, बानियाँलाई विश्वासको मत दिने

मंगलबार, २७ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको नेपाली कांग्रेसको बहादुरसिंह लामापक्ष अन्ततः हेटौँडा पुगेको छ।

पूर्वमुख्यमन्त्री लामाको समूहका १३ जना सांसद आज काठमाडौंबाट हेटौँडा आइपुगेका हुन्। उनीहरूको उपस्थितिसँगै प्रदेश सभा बैठक बस्ने तयारी तीव्र बनेको छ।

विश्वासको मतका लागि दिउँसो ४ बजे बस्ने भनिएको बैठक लामापक्षको ढिलाइका कारण पछि सरिरहेको थियो। सांसदहरूको आगमनसँगै अब बैठक सुरु हुने तयारी भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
 

सुझावित समाचार