रास्वपा केन्द्रीय समितिकाे आजकाे बैठकमा १३ बुँदाको एजेन्डामाथि छलफल हुने

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । सो बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधि सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ ।

पार्टीका प्रवक्ता मनीष झाका अनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेन्डामाथि छलफल हुनेछ। बैठकमा पूर्वकेन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुँदै छ।

See More On

सुझावित समाचार