नाइमा अटो सोमा टिभिएसका बाइक तथा स्कुटर सार्वजनिक गरिँदै

बुधबार, २२ साउन, २०८२
डिजिटल संस्करण

बुधबारदेखि सुरु हुने नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) प्रदर्शनीमा टिभिएसका विभिन्न दुईपांग्रे सवारीसाधन सार्वजनिक हुने भएका छन् । २५ साउनसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने उक्त प्रदर्शनीमा टिभिएसले बहुप्रतीक्षित प्रिमियम कनसेप्ट मोटरसाइकल, आइसिई इन्जिन तथा इलेक्ट्रिक स्कुटरको नयाँ सिरिज सार्वजनिक गर्न लागेको हो । 

कम्पनीअनुसार टिभिएसको स्टल एल३ए (हल बी)मा प्रस्तुत गरिने नयाँ मोडेलमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आइक्युब र विश्वासिलो जुपिटरलगायतका दुईपांग्रे सवारीसाधन रहनेछन् । साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिबद्धता झल्काउने कस्टम बाइक तथा फ्युचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलोपटक सार्वजनिक गरिने कम्पनीले जनाएको छ । 

टिभिएसको स्टलमा आउने सबैले लक्की ड्रबाट आकर्षक उपहार जित्ने मौकासमेत पाउनेछन् । सहभागीलाई टिभिएस प्रिमियम हेल्मेट र टिभिएस प्रडक्टमा लाइफटाइम वारेन्टीजस्ता विशेष योजना रहनेछन् । 
 

See More On

सुझावित समाचार