सांसद रेखा शर्मा भन्छिन्- सरकारले बहुविवाह गर्न दिन खोज्नु प्रतिगमन हो, स्वीकार गर्न सकिँदैन

मंगलबार, २१ साउन, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले कानुनी प्रबन्ध गर्न लागेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले संविधानप्रदत्त महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिविपरीत सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताएकी हुन् । 

उनले बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताइन् । सांसद शर्माले भनिन्, ‘जनयुद्ध जनआन्दोलन र सबैखाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दै छ । यो महाप्रतिगमन हो । यसप्रति घोर आपत्ति व्यक्त गर्दछु । यससम्बन्धी प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गराउँछु ।’ 

सुझावित समाचार