मनसुनका ६० दिन : ४३ को मृत्यु, १९ जना बेपत्ता

बुधबार, १५ साउन, २०८२
डिजिटल संस्करण

यो वर्षको मनसुन सुरु भएको दुई महिनामै ४३ जनाले ज्यान गुमाएका छन्। १९ जना बेपत्ता छन् भने ११६ जना घाइते भएका छन्। 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको मनसुनको ६० दिन (१५ जेठदेखि ११ साउनसम्म)को प्रतिवेदनअनुसार दुई हजार ११२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। 

यद्यपि, यो क्षति गत वर्षको तुलनामा न्यून हो। गत वर्ष ६० दिनको अवधिमा १७७ जनाको मृत्यु तथा ४१ जना बेपत्ता भएका थिए । 

यो वर्ष सबैभन्दा धेरै बाढीबाट मृत्यु भएको छ। बाढीले १५ जना, चट्याङले १४ जना, पहिरोले १२ जना र भारी वर्षाका कारण दुईजनाको मृत्यु भएको छ । 

यो वर्ष मनसुनमा अहिलेसम्मको ठुलो क्षति रसुवामा भयो। जहाँ गत २४ असारमा आएको बाढीले २० जना बगाएकोमा १२ जनाको शव भेटिएको छ भने आठ अझै बेपत्ता छन्। 

See More On

सुझावित समाचार