भोटेकोशीमा फेरि भीषण बाढी, त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो

‘त्रिशूली–काठमाडौं प्रसारण लाइन’को स्टेशनमा क्षति

बुधबार, १५ साउन, २०८२
डिजिटल संस्करण

भोटेकोशीमा फेरि भीषण बाढी आएको छ । आज बिहान ३ बजेदेखि आएको बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाेटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, बेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदीआसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका– ५ स्थित ‘त्रिशूली–काठमाडौं प्रसारणलाइन’को स्टेसनमा क्षति भएको छ । 

सुझावित समाचार