अमरेश सिंहले गरे रविको पक्षमा हस्ताक्षर

आइतबार, ११ साउन, २०८२
डिजिटल संस्करण

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

उनले वनस्थलीस्थित घण्टीघरमा पुगेर ठुला दलहरूले ३० वर्षदेखि शासन गरेर नेपाललाई ऋण मात्रै बोकाएको आरोपसमेत लगाएका छन्

उनले रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष मात्रै भएको बताए । अहिले जताततै भ्रष्टाचार मात्रै रहेको बताउँदै सिंहले नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरिदको भ्रष्टाचारबारे छानबिन नभएको गुनासो गरेका छन् ।

सुझावित समाचार