डेढ किलो चरेससहित चारजना पक्राउ

शुक्रबार, १० साउन, २०८२
डिजिटल संस्करण

कैलालीको अत्तरियाबाट करिब डेढ किलोग्राम लागुऔषध चरेससहित चारजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बझाङको छबिसपाथीभेरा गाउँपालिका– ७ घर भएका ३९ वर्षीय गगन बोहरालाई एक किलो चरेससहित पक्राउ गरेको हो।

गोदावरी नगरपालिका– २ स्थित बझाङ होटेलमा बसिरहेका बोहराले लागुऔषध लुकाएर राखेको भन्ने सूचनाका आधारमा उनलाई सोही होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र जोशीले जानकारी दिए।

त्यस्तै, गोदावरी नगरपालिका– १, भरतपुरमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा तीनजनालाई लागुऔषध चरेससहित पक्राउ गरिएको जोशीले बताए। पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका– ३ का २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ४६९ ग्राम लागुऔषध चरेस बरामद गरिएको छ। चारैजनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर थप कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 

सुझावित समाचार