नेकपा (एकीकृत समाजवादी)का सांसद उदयबहादुर बोहराले पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएका भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न माग गरेका छन्।
मंगलबार राष्ट्रिय सभा बैठकमा सांसद बोहराले ३२ लाख घुस डिलको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा गरिसके पनि भूमि व्यवस्था मन्त्रीले राजीनामा नगरेकाले बर्खास्त गर्नुपर्ने बताए।
‘सामान्य प्रशासनमन्त्रीले घुसको आरोप लगाएका, ३२ लाख घुस डिलको अडियो सार्वजनिक भएका र उनी सम्बद्ध कास्की जिल्ला पार्टीले कारबाहीको लागि सिफारिस गरेका भूमि व्यवस्था तथा सहकारी मन्त्रीको राजीनामा नआएकाले तत्काल बर्खास्त गरी उनलाई छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु,’ सांसद बोहराले भने।