सम्पत्ति शुद्धीकरणमा प्रयोग भएको भन्दै टेलिग्राम एप तत्काल बन्द गर्न निर्देशन

शुक्रबार, ३ साउन, २०८२
डिजिटल संस्करण

नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। गैरकानुनी काममा प्रयोग बढेको भन्दै प्राधिकरणले टेलिग्राम बन्द गर्न निर्देशन दिएको हो।

उक्त एपमार्फत अनलाइन फ्रडका घटना बढेका तथा मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण)जस्ता गम्भीर अपराधमा प्रयोग बढेको प्राधिकरणले जनाएको छ।

सुझावित समाचार