घुसकाण्डमा मुछिएका मन्त्री गुप्ताले दिए पदबाट राजीनामा

मंगलबार, ३१ असार, २०८२
डिजिटल संस्करण

संघीय मामिलामन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस डिल प्रकरणमा केही दिन अघिदेखि निरन्तर आफ्नो नाम जोडेर प्रचारमा आएको भन्दै अनुसन्धानका लागि सहयोग गर्न आफूले राजीनामा दिएको उनले बताएका छन् । 

उनले प्रविधिको उच्चतम प्रयोगको सिकार आफू भएको भन्दै अब अरू कोही पनि नबनून् भन्दै आफूलाई सहयोग गर्नेलाई धन्यवाद दिए । पदपछि पनि उनले देश र जनताप्रति थप जिम्मेवारीबोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

कास्की मालपोतका तत्कालीन प्रमुखलाई सरुवा थमौती र भूमि समस्या समाधान आयोगको जिल्ला अध्यक्ष नियुक्ति गरिदिन भन्दै मन्त्री गुप्ताले बिचौलियासँग ७८ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । 

सुझावित समाचार