जनमत पार्टीका अध्यक्ष सिके राउतद्वारा रवि लामिछानेको पक्षमा हस्ताक्षर

सोमबार, ३० असार, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै त्यसविरुद्ध पार्टीले थालेको हस्ताक्षर अभियानमा जनमत पार्टीका अध्यक्ष सिके राउतले हस्ताक्षर गरेका छन्। सोमबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर उनले हस्ताक्षर गरेका हुन्। 

नेता राउतसहित जनमतका अन्य केही नेताहरूसमेत पुगेर हस्ताक्षर गरेका हुन्। सोमबार नै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। 

रास्वपाले थालेको अभियानमा पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, कलाकारलगायतले हस्ताक्षर गरेका छन्। 
 

सुझावित समाचार