बलात्कारपछि हत्या अभियोगमा फाँसी

आइतबार, २९ असार, २०८२
डिजिटल संस्करण

इरानले एक बालिकामाथि बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर एक पुरुषलाई ‘सार्वजनिक’ रूपमा फाँसी दिएको छ । पीडित परिवारको आग्रह र घटनाले समाजमा पारेको गहिरो भावनात्मक असरका कारण उनलाई खुला स्थानमा मृत्युदण्ड दिइयो ।

दोषी पुरुषले उत्तर–पश्चिमी इरानको बुकान सहरकी एक बालिकालाई बलात्कार गरी हत्या गरेका थिए । पीडित परिवारले सार्वजनिक रूपमा सजाय कार्यान्वयन गरियोस भन्ने माग गरेका थिए ।

प्रान्तीय न्यायाधीश नासेर अताबातीले भने, ‘घटनाले जनतामा गहिरो आक्रोश र भावनात्मक प्रतिक्रिया उत्पन्न गरेकाले मृत्युदण्डलाई सार्वजनिक रूपमा कार्यान्वयन गर्नुपर्ने अवस्था आएको हो ।’

See More On

सुझावित समाचार