कपिलवस्तुमा सर्पको टोकाइबाट महिलाको मृत्यु

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण

सर्पको टोकाइबाट कपिलवस्तु नगरपालिका– १, पुरानो हाटबजारमा एक महिलाको मृत्यु भएको  छ। मृत्यु हुनेमा ६० वर्षीया सुमित्रादेवी कान्दु भएको प्रहरीले जनाएको छ। भान्साकोठामा खाना पकाउने क्रममा शुक्रबार दिउँसो १ बजे सर्पले टोकेको  बताएको छ । 

उपचारका क्रममा कपिलवस्तु अस्पतालमा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

सुझावित समाचार