बालेनद्वारा कार्यपालिका बैठक आह्वान

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका सञ्चारविज्ञ सुरेन्द्र बजगाईँका अनुसार कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईँले जानकारी दिए । उक्त बैठकलगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।
 

See More On

सुझावित समाचार