युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

शनिबार, २१ असार, २०८२
डिजिटल संस्करण

नक्कली नोट तथा लागुऔषध कारोबारको अभियोगमा पटक–पटक पक्राउ परी जेल सजाय पाएर छुटेका व्यवसायी युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

अन्सारीले भारतीय जाली नोटसमेतको कसुर गरी प्राप्त गैरकानुनी  स्रोतबाट प्राप्त रकम धारण गरी लुकाउने, छल्ने र स्वामित्व परिवर्तन गर्ने काम गरेको अभियोग छ । अन्सारीविरुद्ध नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । 

त्यस्तै, उनकी श्रीमती सालमा खातुनसहित बाराका प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाहलाई पनि प्रतिवादी बनाइएको छ । साथै, नेसनल टेलिभिजन प्रालिमार्फत सम्पत्ति शुद्धीकरण गरिएको भन्दै सो टेलिभिजनविरुद्ध पनि मुद्दा दायर भएको छ । सो टेलिभिजन हाल बन्द छ । 

अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । जसमा दोषी ठहर भई उनी गत महिना मात्र छुटेका थिए। छुटेलगत्तै सिआइबीले नियन्त्रणमा लिएर उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अर्काे मुद्दा दायर गरेको हो । 
 

सुझावित समाचार