भारतमा ग्यासको मूल्य प्रतिसिलिन्डर ५८.५० भारु घट्यो, तर नेपालमा घटेन

बुधबार, १८ असार, २०८२
डिजिटल संस्करण

नेपालमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले मंगलबारदेखि भारतमा व्यावसायिक प्रयोजनको एलपी ग्यासको मूल्य ५८.५० भारु प्रतिसिलिन्डर घटाएको छ । 

मूल्य घटेपछि दिल्लीमा व्यावसायिक प्रयोजनको सिलिन्डरको भाउ १६ सय ६५ भारु कायम भएको छ । यसअघि प्रतिसिलिन्डर मूल्य १७ सय २३.५० भारु थियो । एक महिनाअघि १ जुनमा पनि भारतमा प्रतिसिलिन्डर २४ भारुका दरले ग्यासको घाउ घटेको थियो । 

आइओसीले नेपालमा पनि सोमबार साँझ नयाँ मूल्य पठाउँदा प्रतिसिलिन्डर ५१ रुपैयाँ मूल्य घटाएर पठाएको थियो । तर, आयल निगमले घटेर आएको ग्यासको मूल्य स्थिर राखेर बढेर आएका पेट्रोल, डिजेल र हवाई इनधनमा मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको दाबी गरे पनि ग्यासको मूल्य भने विगतको घाटा देखाउँदै समायोजन नगरेको तर्क गरेको छ । 

ग्यासमा स्वचालित प्रणाली लागू गरेको भए सोमबारदेखि नै प्रतिसिलिन्डर ५० रुपैयाँसम्म घट्न सक्ने अवस्था छ । दैनिक एक लाख सिलिन्डर ग्यासको खपत रहेकोले मूल्य घटाउँदा उपभोक्ताले भान्सामा ठुलो राहत पाउने अवस्था छ ।

See More On

सुझावित समाचार