सुन र चाँदी दुवैकाे मूल्य घट्यो

शुक्रबार, ६ असार, २०८२
डिजिटल संस्करण

विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा रु ४०० र चाँदीमा रु २५ ले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः रु ८सय  र रु ५० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९४ हाजर सात सय र  सोही परिमाणको चाँदीको मोल रु दुई हजार एक सय ५० निर्धारण भएको छ । बिहीबार प्रतितोला सुन रु एक लाख ९५ हजार पाँच सय  र चाँदी रु दुई हजार दुई सयमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार तीन सय  अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सुझावित समाचार