रोशी खोलामा फसेका पाँचजनाको उद्धार

शुक्रबार, ६ असार, २०८२
डिजिटल संस्करण

काभ्रेको रोशी खोलाको बिचमा फसेका पाँचजना मानिसको प्रहरीले उद्धार गरेको छ । नमोबुद्ध नगरपालिका– ५, लासकोटस्थित रोशी खोलामा पानीको बहाब बढेपछि खोलाको बिचमा फसेका पाँचजना मानिसको प्रहरीले उद्धार गरेको हो ।

बिहीबार साँझ नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरूको उद्धार भएको प्रहरीले जनाएको छ । 

सुझावित समाचार