सबै स्थानीय तहमा बैंकको शाखा

बिहिबार, १५ जेठ, २०८२
डिजिटल संस्करण
सबै स्थानीय तहमा बैंकको शाखा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

देशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै वित्तीय पहुँच बढेको बताएका हुन्।

अर्थमन्त्री पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाबाट औसतमा दुई हजार ५२७ जनाले बैंकिङ सेवा पाएका छन्।

यसैगरी, २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ।

जीवन बिमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुगेको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए।

सुझावित समाचार