गणतन्त्र दिवसमा कोशीमा प्रभातफेरी सम्पन्न

बिहिबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी आयोजना गरेको छ। बिहीबार बिहान मुख्यमन्त्री, मन्त्री, कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडी र विद्याथीहरूसहित कोशी सरकारले गणतन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी आयोजना गरेको हो । 

प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्रीहरू, प्रदेश सांसदहरू सुरक्षाकर्मी, खेलाडी, विद्यार्थी, नागरिक समाज र विभिन्न संघसंस्थाको सहभागितामा प्रभातफेरी आयोजना गरिएको हो। 

कोशी सरकारले गणतन्त्र दिवसको अवसरमा आज अपराह्न ३ बजे विराटनगरमा सांगीतिक उत्सव पनि आयोजना गर्दै छ । आजै पत्रकारहरूलाई प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने तथा गणतन्त्र र प्रदेश सरकारबारे निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरूलाई पुरस्कृत गर्दै छ ।  
 

सुझावित समाचार