संखुवासभामा १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने युवक पक्राउ

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

संखुवासभामा १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखपन नगरपालिका– १, कुसुवा टोल बस्ने २१ वर्षका सोमकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी अभिषेककुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, तामाङले बालिकालाई तिमीसँग विवाह गर्छु भन्नेजस्ता कुरा गरी ललाइफकाई प्रलोभन देखाई झुक्याएर जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको बताए।

उनले ती बालिकालाई  पटकपटक जबर्जस्ती करणी गरेको भनी प्राप्त जाहेरीको आधारमा संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
 

सुझावित समाचार