संखुवासभामा नाबालिकालाई जबर्जस्ती करणी गर्ने दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चिचिला गाउँपालिका– २ का ३५ वर्षीय तुफान राई र चिचिला गाउँपालिका– ३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गत ७ जेठमा खाँदबारी बजार आएका दुईजनाले नाबालिकालाई खाजा खाने र घुम्न लैजाने भनि मोटरसाइकलमा बस्न लगाई खाँदबारी– १ मा रहेको एक होटेलमा लगी जबर्जस्ती करणी गरेका थिए । पीडितले उजुरी दर्ता गराएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।