आइपिएल शनिबारदेखि पुनः सुरु हुँदै, गुजरात र बेंग्लाेरलाई प्लेअफमा पुग्न एक जित पर्याप्त

शुक्रबार, ३ जेठ, २०८२
डिजिटल संस्करण

भारत–पाकिस्तान तनावका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबारदेखि पुनः सुरु हुँदै छ। लिग चरणका खेल अन्तिम चरणमा पुगेकाले आइपिएलका बाँकी खेल थप रोमाञ्चक हुने आकलन गरिएको छ। 

शनिबार बेंग्लोर र कोलकाताबिच प्रतिस्पर्धा हुँदै छ ।  बेंग्लोरमा हुने यो खेल जित्नैपर्ने दबाब कोलकातामाथि छ । ११ खेल खेलिसकेको कोलकाताले पाँचवटा मात्र खेल जितेको छ। ११ अंकसहित ऊ अंकतालिकाको छैटौँ स्थानमा छ। 

बेग्लोर भने ठुलो दबाबमा छैन । ११ खेलमा आठ जित निकालेको बेंग्लोर १६ अकंसहित दोस्रो स्थानमा छ । प्लेअफमा पुग्न उसलाई अब एक जित पर्याप्त छ । लिग चरणमा उसका तीन खेल बाँकी छन्।

अंक–तालिकाको पहिलो स्थानमा गुजरात टाइटन्स् छ । ११ खेलमा गुजरातले आठ जित निकालेको छ । प्लेअफमा स्थान सुरक्षित गर्न उसलाई पनि एक जित पर्याप्त छ । 

अंक–तालिकाको तेस्रो स्थानमा पन्जाब, चौथाेमा मुम्बई, पाँचौँमा दिल्ली छन् । त्यस्तै, सातौँ स्थानमा रहेको लखनउको पनि सम्भावना कायमै छ । चेन्नई, राजस्थान र हैदरावाद भने प्लेअफको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । 

See More On

सुझावित समाचार