बुढीगंगा नदीमा हाम फालेर एक युवकले मृत्यु

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

बाजुरा जिल्लाको  बुढीगंगा नदीमा हाम फालेर  एकजना युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा विगत केही दिनदेखि पितृकार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका– ५ डोगडीका २६ वर्षका गणेश नेपाली भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन् ।

त्रिवेणी नगरपालिका– ८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा उनीहरू पितृको कार्य गरिरहेका थिए। वर्ष ३२ की अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेको, तर बुढीगंगा नदीले बगाएपछि उनलाई बचाउन गएका गणेश नेपालीको नदीमा डुबेर मृत्यु भएको हो। नदीमा गएर पुतली ल्याउँछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको बुझिएको छ । वर्ष २७ को दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएकी छिन्। उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

मृतक गणेशलाई अछामको बयालपाटा अस्पतालमा मृत घोषणा गरेको थियो। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको  प्रहरीले जानकारी दिएका छन्। बाजुरामा देवी देवता र पितृका नामको अन्धविश्वासका कारण यसअघि दुईजना देवताका धामी कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए।

सुझावित समाचार