प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ। तीनकुने घटनाको विषयमा स्पष्ट पार्नका लागि समितिले २२ चैत बिहान ११ बजेको बैठकमा बोलाएको हो ।
आज बसेको बैठकमा सांसदहरूले गृहमन्त्री बोलाउन माग गरेका थिए । सभापति रामहरि खतिवडाले आगामी बैठकमा तीनकुने घटनाबारे छलफल गर्न गृहमन्त्री बोलाइएको बताए ।