गर्मीअघि नै बुटवलमा प्रसारण लाइन मोनोपोल राख्न निर्देशन

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

बुटवल उपमहानगरपालिका– ११ स्थित कालिकापथको योगीकुटी चोकदेखि होराइजन चोकसम्मको सडकखण्डमा पर्ने प्रसारणलाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । 

बुटवलबाट मोतीपुरतर्फको एक सय ३२ केभी डबल सर्किट प्रसारणलाइनको टावर (चार खुट्टा भएको)लाई हटाएर योगीकुटी–होराइजन चोक सडकखण्डमा मोनोपोल (एउटा मात्र खुट्टा) राख्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

करिब एक किलोमिटर सडकखण्डको बिचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउन्डेसन) निर्माण भइरहेको छ ।

सुझावित समाचार