फिफा महिला वरीयतामा नेपालको चार स्थान सुधार

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

फिफा महिला वरीयतामा नेपालले चार स्थान सुधार गरेको छ। फिफाले सार्वजनिक गरेको नयाँ सूचीमा १०३औँ स्थानमा रहेको नेपाल चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको हो।

फोर नेसन्स टुर्नामेन्टमा गरेको प्रदर्शनका कारण नेपालको स्थान सुधार भएको हो। प्रतियोगितामा दुई खेल जित्दा नेपालले एउटामा हार व्यहोरेको थियो। एक खेल बराबरी भएको थियो।

फिफा महिला वरीयताको पहिलो स्थानमा संयुक्त राज्य अमेरिका यथावत् छ। छिमेकी राष्ट्र चीन १७औँ र भारत ६९औँ स्थानमा यथावत् छन्।

एसियाली राष्ट्रहरूमध्ये नेपाल १९औँ स्थानमा छ। जहाँ तीन स्थान सुधार गर्दै जापान पहिलो नम्बरमा आएको छ भने कोरिया दोस्रोमा यथावत् छ। एसियातर्फ नेपालका छिमेकी देशहरू चीन चौथो र भारत १३औँ स्थानमा छन्।

सुझावित समाचार