७७ जिल्लामा पुग्यो प्रभु बैंक, दार्चुला खलंगामा नयाँ शाखा

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

प्रभु बैंक लिमिटेडले आफ्नो ३१२औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ४ स्थित खलंगामा दार्चुला नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै ७७ वटै जिल्लामा बैंकको शाखा पुगेको छ । 

शाखा उद्घाटनका क्रममा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुखलगायत स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो । 

शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महŒवपूर्ण टेवा पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले सर्वसाधारणको घर–आँगनसम्म सरल र सहज बैंकिङ सेवा विस्तार गर्दै आइरहेको जनाएको छ ।

सुझावित समाचार