हाम्रो अभियानले मधेशका मसिहा ठान्नेहरू आतंकित भए : प्रचण्ड

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले थालेको ‘तराई मधेश जागरण अभियान’ले मधेशमा मधेशवादी भनेर मधेशको मसिहा ठान्नेहरू आतंकित भएको बताएका छन्।झापादेखि सुरु भएको ‘तराई मधेश जागरण अभियान’ पुनः आजदेखि महोत्तरीबाट सुरु भएकोमा सोही अभियानअन्तर्गत महोत्तरीको मटिहानी आइपुगेका अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र मटिहानी नगरसमितिले राखेको स्वागत तथा सम्मान कार्यक्रममा उनले सो बताएका हुन् ।

पूर्व–पश्चिम हुलाकीमार्गकेन्द्रित माओवादी केन्द्रको अभियानले मधेश जोड्दै गएपछि उनीहरू आतंकित हुन थालेको  प्रचण्डले बताए । उनले हुलाकीमार्ग पुनर्निर्माणको प्रक्रियामा माओवादीकै मुख्य पहलकदमी भएको र आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत सरकारसँग हुलाकी राजमार्ग निर्माणबारे खरो कुरा राखेपछि उक्त प्रक्रिया सुरु भएको स्मरण गराए ।

माओवादी केन्द्रले ‘तराई मधेश जागरण अभियान’मार्फत झापादेखि कञ्चनपुरसम्म पुग्दा जनताले माओवादी केन्द्रको काम बुझ्दै जाने र जोडिँदै जाने भएकाले ती मसिहाहरू आतंकित हुनु स्वाभाविक रहेको उनले बताए । उनले माओवादीको प्रवेशपछि जनताले ती नेताहरूको वास्तविकता बुझ्ने र उनीहरूमाथिको विश्वास गुम्ने भयले मसिहाहरू आतंकित हुनु पनि स्वाभाविक रहेको उनले बताए । जनतालाई झुटको आश्वासन दिएर सत्ताभोग गर्नेहरूलाई अप्ठ्यारो भएको उल्लेख गरे ।

उनले आफू प्रधानमन्त्री भएको वेला महोत्तरीबाट सुक्खा बन्दरगाह निर्माणका लागि डेलिगेसन पुगेपछि तत्काल कार्य अगाडि बढाउन निर्देशन दिए पनि वर्तमान सरकारको समयमा सो प्रक्रिया रोकिएको बुझ्न आएको उनले उल्लेख गरे । उनले मटिहानी शिक्षा, धर्म र संस्कृतिको सिद्ध भूमि रहेकोमा मटिहानीमा आफूलाई गरिएको स्वागतका लागि धन्यवाद व्यक्त गरेका छन् ।

See More On

सुझावित समाचार