गुल्मी धुर्कोटका गोरु पाल्ने ४७ कृषक सम्मानित

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

बुधबार धुर्कोट गाउँपालिका- ४ गोपेका ५९ वर्षीय चुरामणि कोइराला वडा कार्यालयबाट सम्मानित भए । उनीसहित ४७ जना गोरु पाल्ने किसानलाई धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरे ।

एकातिर गाउँमा दैनिक काम गरे एकहल गोरु र हलीको १५ सय पारिश्रमिक पनि छ । पाखुरीमा बल हुन्जेल जसले अर्थोपार्जनमा समेत टेवा पुर्याउँछ । आफूले खेत र बारीको दुवै काम गोरुमार्फत गर्ने गरेको कोइरालाले बताए । उनले गाउँमै सबैले गोरुमार्फत कृषि काम गर्ने गरेको बताए ।

वनको बिचका बस्ती र पहाडमा प्रविधि उपयोगी नहुने भएकाले गोरु नपाले कृषि गर्न नसकिने कोइरालाले बताए । यो वर्षको एक लाख बजेटबाट वडा कार्यालयले कृषकलाई सम्मान गरेको वडाध्यक्ष वीरबहादुर जोगी कुँवरले बताए । उनले प्रविधिलाई समथर भूभाग र सडकसमेत आवश्यक पर्ने भएकाले आवश्यक ठाउँमा प्रविधि हस्तान्तरण र आवश्यक नहुने ठाउँमा गोरु पाल्ने किसानलाई पनि उत्साहित गराउन सम्मान गरिएको बताए ।
 

सुझावित समाचार