आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।

आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका पोखरा प्रर्दशनी केन्द्रमा शनिबार आयोजित भ्रमण वर्षको उद्घाटन समारोहमा उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा उनीहरू दुईजना घाइते भएका हुन्।

कार्यक्रमको उद्घाटन गर्ने क्रममा दीप प्रज्वलन गरेपछि बेलुन उडाउने क्रममा बेलुन आगोको ज्वालामा परेपछि पड्किएको थियो। ठुलो आवाजसहित पड्किएको बेलुनका कारण उनीहरू दुईजनाको अनुहारमा आगोले पोलेको हो। घाइते दुवैजनालाई उपचारका लागि पोखरा ४ गैरापाटनस्थित फिस्टेल अस्पताल लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको छ । आगोको कारण दुवैजनाको अनुहारमा केही पोलेको छ।

सुझावित समाचार