माओवादीप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष प्रचण्ड

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रती जनताको विश्वास बढेको दाबी गरेका छन्। मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता र सहिद स्मृति रंगशाला उद्घाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू देश दौडाहामा रहँदा नागरिकहरूबाट त्यस्तो सन्देश पाएको दाबी गरेका हुन्।

नागरिकमा माओवादीप्रतिको विश्वास ह्वात्तै बढेको उनको दाबी छ । देश र जनताप्रति इमानदार माओवादी नै परिवर्तनको सांबाहक हो भन्ने विषय प्रस्ट भएको उनको भनाइ छ। सरकारमा वा सरकारबाट हटेपछिको नागरिक संवाद अन्तर्क्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए। 

‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्ने अवस्था बनेको छ। माओवादीप्रतिको विश्वास अलिअलि होइन धेरै नै बढेको छ,’ उनले भने, ‘विचौलिया र भुमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरुमा थोरै आशा पलाएको छ।’ माओवादी प्रतिको लोकप्रियतालाई हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनले पनि प्रस्ट बनाएको उनले दाबी गरे। प्रेस युनियन र प्रेस चौतारी मिलेर निर्वाचनमा जाँदा पनि प्रेस सेन्टरले आफ्नो उपस्थिति जनाई राख्नुले त्यसलाई पुष्टि गरेको उनकाे भनाइ छ। उनले माओवादीको लागि यो अवसर भएको उल्लेख गर्दै यो अवसर सधैं नपाइने स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने अठोट लिएर सरकारमा गएको बताए । माओवादीप्रतिको हस्तक्षेप विरुद्ध केही गर्ने संकल्पका कारण भ्रष्टाचार विरुद्धका अभियानहरू सञ्चालन गरिएको उनको भनाइ छ। अध्यक्ष प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी अघि बढ्ने तयारीमा रहेको बताए । आउने निर्वाचनमा जाँदा क्लिन स्विप गर्ने गरी तयारी गर्न उनले निर्देशन दिए ।

See More On

सुझावित समाचार