समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा  डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। बिहीबार सम्पन्न पार्टीको प्रथम महाधिवेशनमा भट्टराईले अध्यक्षका अर्का प्रत्यासी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गरेका हुन्। 

भट्टराईले ७६१ मत प्राप्त गर्दा चापागाईंले ७३ मत मात्रै ल्याए। नवनिर्वाचित अध्यक्ष भट्टराईले बिहीबार नै निर्वाचन अधिकृतबाट शपथ लिए। लगत्तै, भट्टराईले निर्वाचित पदाधिकारीलाई शपथ गराएका छन्। 

उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठामगर र उमेश साह निर्वाचित भएका छन्। उपाध्यक्षमै मानुषी यही भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए। 

महासचिवमा सोनामसिंह स्याङतान तथा सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की र भरत दाहाल निर्वाचित भएका छन्। 
 

सुझावित समाचार