सरकारले एसियाली विकास बैंक (एडिबी)को एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स’बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना, ०२४’ का लागि २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
त्यस्तै, मन्त्रिपरिषद्ले सुर्खेतको भेरिगंगा नगरपालिका– ८ को ५३ रोपनी सरकारी जग्गा मैनतडा सबस्टेसन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई लिजमा उपलब्ध गराउने निर्णयसमेत गरेको छ । त्यस्तै, विमान नियमावली, ०८१ पनि स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिए ।