बुढासुब्बा गोल्डकप : पहिलो खेलबाटै बाहिरियो आयोजक

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

आयोजक धरान फुटबल क्लब आइतबार पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लबसँग सडनडेथमा ७–६ ले पराजित हुँदै बुढासुब्बा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । निर्धारित समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । धरान र कार्साङले टाइब्रेकरमा पनि ५–५ गोल गरे । त्यसपछि सडनडेथबाट विजेताको टुंगो लागेको हो । धरानका मनोज राईको प्रहार पोस्टमाथि गएपछि कार्साङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा धरानका दोर्जे तामाङ, विवेक राई, सुम जिमी, कार्लाेस सम र बाफोरले गोल गरे । सडनडेथमा धरानका प्रज्वल थापाले गोल गरे भने मनोज राईको प्रहार अकासिएको थियो ।  टाइब्रेकरमा कार्साङका विशाल क्षेत्री, सदीश राई, श्रीजल राई, रुस्तम प्रधान र राज राउतले गोल गरे । सडनडेथमा आकाश प्रधान र हेमराज भुजेलले गोल गर्न सफल भए ।

खेलको १७औँ मिनेटमा हेमराज भुजेलले उत्कृष्ट गोल गर्दै कार्साङलाई १–० को अग्रता दिलाए । नयन प्रधानले प्रहार गरेको बल धरानका गोलरक्षक प्रवीण लिम्बूले रोकेका थिए । गोलरक्षकबाट रिबाउन्ड भएको बललाई भुजेलले फिनिसिङ गरेका हुन् । खेलको ४४औँ मिनेटमा धरानका विनोद राईले खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । उनले मैदानको मध्यभागबाट एकल प्रदर्शनमा उत्कृष्ट गोल गरेका हुन् ।

धरानले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन ग¥यो । तर, धरानका खेलाडीले फिनिसिङ गर्न सकेनन् । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको धरानले दोस्रो हाफमा गोल अवसर धेरै गुमाएको थियो । दोस्रो हाफको ११औँ मिनेटमा मनोज राईको क्रसमा डिबक्सभित्रबाट तपन कार्कीले गोल गर्न चुके । दोस्रो हाफको २३औँ मिनेटमा कार्लाेसले दिएको पासलाई विवेक राईको हेडिङ पोस्टभन्दा बाहिर गयो । प्रतियोगिताको सोमबार इटहरीको राजा क्लब र भुटानको आरटिसीबिच खेल हुनेछ ।

सुझावित समाचार