२०औँ एसियाली खेलकुदको भव्य उद्घाटन

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण
२०औँ एसियाली खेलकुदको भव्य उद्घाटन

जापानको नागोया सहरमा शनिबार भएको उद्घाटन समारोहमा सहभागी देशका खेलाडी मार्चपास गर्दै । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

  • जापानका सम्राट् नारु हितोले शनिबार मिजुहो एथलेटिक्स रंगशालामा गरेको २०औँ संस्करणको उद्घाटनमा ४५ वटै राष्ट्र र रिफ्युजी टिमका खेलाडीले मार्चपास गरे

जापानको नागोया सहरमा शनिबार भव्य समारोहबिच २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को उद्घाटन भएको छ । मिजुहो एथलेटिक्स रंगशालामा जापानका सम्राट नारु हितोले उद्घाटन गरेका हुन् ।

समारोहमा जापानका राजपरिवारका सदस्यहरू मासाको, प्रिन्स अकिसिनो उपस्थिति थिए । यसैगरी २०औँ एसियाड आयोजक कमिटीका अध्यक्ष ओहमुरा हिदेइकी, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिएका) सेख बिन जोअन बिन हमाद अल थानीलगायतको उपस्थिति थियो ।

जापानिज संस्कृति तथा प्रविधिको उत्कृष्ट नमुना प्रस्तुत भएको ३० हजार दर्शकबिच उद्घाटनमा नेपालबाट बक्सर चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले झन्डा बोकेकी थिए । विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जित्दै इतिहास रचेका थिए । मानमती चीनको हाङझाउमा भएको १९औँ एसियाडमा नेपाललाई कबड्डीमा ऐतिहासिक कांस्य पदक दिलाउँदा महत्वपूर्ण योगदान दिएकी थिइन् । तीन घण्टासम्म चलेको समारोहको अन्तिममा एसियाडको टर्च बालेपछि औपचारिक रूपमा उद्घाटन समारोह सकिएको थियो । सहभागी ४५ वटै राष्ट्र र रिफ्युजी टिमका खेलाडीले मार्चपास गरेका थिए । समारोहमा खेलाडी र जर्जको तर्फबाट एक समान एकजनाले शपथ लिएका थिए । यसपटक एसियाका ४५ राष्ट्र र रिफ्युजी टोलीका गरी ११ हजारभन्दा बढी खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन शनिबार भए पनि बास्केटबल, फुटबल, क्रिकेट, भलिबल, मोडर्न पेन्टाथलन, टेकबल, हक्की, सफ्ट टेनिस खेलहरू सुरु भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताको स्थानमा नेपाली टोलीका सेभ द मिसन राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ बनेका छन् । सदस्यसचिव मेहता १०औँ राष्ट्रिय खेलकुदको तयारीका लागि व्यस्त हुने भएकाले जापान नआएका हुन् । नेपालबाट सुरुमा २२ खेल सहभागी हुने तय भएको थियो ।
तर, अन्तिम समयमा ब्रेकिङ डान्सका खेलाडी सहभागी नहुनेपछि सो खेल घटेको थियो यसपटक जापानले खर्च कटौती गर्दै खेलाडीहरूलाई इटालियन क्रुजमा राखेको छ ।

वान एसियाको कल्पना
आइची र नागोया एसियाली खेलकुदको मूल नारा ‘एक एसियाको कल्पना’ हो । यसै भावनालाई उद्घाटनमा ‘हर्ट विट आइची नागोया’ अवधारणासँग जोडियो । भाषा, संस्कृति, भूगोल र सामाजिक विविधताले भरिएको एसियालाई खेलकुदले एउटै मैदानमा ल्याउने भनाइ आयोजकको छ । खेलकुदको औपचारिक सुरु पनि एसियाली एकता, मित्रता र पारस्परिक सम्मानको सांस्कृतिक उत्सवका रूपमा जापानले प्रस्तुत गरेको छ । जापानले आयोजना गरेको यो तेस्रो एसियाड हो । यसअघि सन् १९५८ मा जापानको टोकियो र सन् १९९४ मा हिरोसिमामा एसियाड गरेको थियो ।

एरिकाको खेल आइतबार
नेपालले यसपटक स्वर्णपदकको आशा गरेको खेल कराँते हो । यसमा पनि कराँतेमा ६८ केजी तौलमाथि प्रतिस्पर्धा गर्ने एरिका गुरुङको खेल आइतबार नै रहेको छ । पछिल्लो संस्करणमा उनले ऐतिहासिक रूपमा नेपाललाई रजत दिलाएकी थिइन् । यो तीन वर्षको अवधिमा एरिकाले नेपाललाई ऐतिहासिक पदक दिलाइसकेकी थिइन् । उनका प्रशिक्षक कुशल श्रेष्ठले एरिकाबाट पदकको आशा गरेको बताए । ‘हामी लगातार तीन वर्षदेखि प्रशिक्षणमा छौँ । एरिकाले विभिन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ऐतिहासिक प्रदर्शन गरेका छन् । हामीलाई उनीबाट ठुलो आशा छ,’ श्रेष्ठले भने । यसैगरी, कराँतेमा तीन खेलाडी मीनबहादुर तामाङ, राकेश मानन्धर र सानुमाया थिङको खेल पनि प्रतिस्पर्धा गर्नेछन् । महिला भलिबलमा नेपालले क्लासिफिकेसन खेलअन्तर्गत आइतबार किर्गिस्तानसँग खेल्नेछ । पौडी, उसु, टेबुलटेनिसमा पनि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको स्वर्णसहित दोहोरो पदक सम्भव छ ?

नेपालले जापानको नागोया र आइची सहरमा शनिबारदेखि आधिकारिक रुपमा २०औँ एसियाली खेलकुद (एसियाड) मा स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्य राखेको छ । यही दुलर्भ लक्ष्य चुम्ने लक्ष्यका साथ नेपाली टोली अहिले जापानमा छन् । यो अभियान तीन वर्षदेखि सुरु भएको हो । चीनको हाङझाउमा भएको १९औँ एसियाडसँगै तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कराँते, उसु र जुडोलाई मुख्य आधार मान्दै ‘मिसन २६’ सुरु गरेका थिए । राखेपले टिम तयारी बनाए पनि मिसन २६ ले त्यति सार्थकता पाउन सकेन ।

खेलाडीले सोचेको जस्तो तयारी निरन्तरता पाउने सकेनन् । खेलाडीले स्तरीय प्रशिक्षण र सुविधा सरकारबाट पाएनन् । यद्यपि, खेलाडी आफ्नोतर्फबाट लगातार पदक जित्ने लक्ष्यका साथ मिहिनेत गरिरहेका छन् । ‘विगतमा भन्दा धेरै तयारी राम्रो भएको छ । खेलाडीको तयारी सरकारले धेरै राम्रो गरेको छ । हाम्रो योजनाअनुसार दोहोरो अंकमा पदक आउँछ । यसमा दुईमत छैन,’ राखेपले खेलाडीहरूको बिदाइमा भनेको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ फरक मत राख्छन् । श्रेष्ठले पदक आउने, तर स्वर्णसहितको दोस्रोपटक कठिन रहेको बताए । ‘हामीहरू सबै पदक ल्याउन लागि परेका छौँ ।

पदक जित्नै नै हो । कराँतेलगायत खेलबाट सम्भावना पनि छ,’ २०औँ एसियाडको उद्घाटन समारोहअघि श्रेष्ठले भने, ‘तर, सरकारको योजनाअनुसार वास्तवमा स्वर्णसहित दोहोरो अंकको पदक गाह्रो देख्छु ।’ उनले राज्यले खेलाडीका लागि र पदक ल्याउने धेरै काम गर्न बाँकी रहेको विश्लेषण गरेका छन् ।

‘सरकारले गर्छ भन्ने लागेको छ । काम भए पदक आउँछ । तर, योपटक दोहोरो अंकमा पदक आउनु भनेको नेपाली खेलकुदमा कायापलट नै हुनु हो,’ उनले भने, ‘आगामी संस्करणको एसियाडमा छनोट भएका खेललाई मात्रै सहभागिता गराउने विषयमा छलफल भइरहेको छ । त्यस्तो अवस्थामा नेपालजस्तो देशबाट अहिलेको संख्याभन्दा कम खेल र खेलाडीले यस्ता महाकुम्भमा प्रतिस्पर्धा गर्ने अवसर चुकाउनेछन् ।’ उनका अनुसार ओसिएमा छनोट भएका खेलाडी र खेलसंघलाई मात्रै प्रतिस्पर्धा गराउने छलफल चलिरहेको छ । यस्तो निर्णय हुँदा नेपालजस्तो राष्ट्रका खेलाडीलाई घाटा लाग्नु हो ।

२१ खेलमा १३५ खेलाडी
नेपाल ओलम्पिक कमिटीको सूचीअनुसार नागोया र आइचीमा नेपालबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सिगो नेपाली टोली सदस्य दुई सय ११ रहेको छन् । सरकारले सुरुमा कराँते, उसु र जुडो तथा बक्सिङलाई पदक आउने खेलको रूपमा वर्गीकरण गरेर अभ्यास सुरु गर्‍यो । पछि आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, क्यानोई, क्रिकेट, साइक्लिङ, गल्फ, कबड्डी, स्केटबोर्ड, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबुलटेनिस, तेक्वान्दो टेनिस, भलिबल, कुस्ती सहभागी गराएको हो ।

डान्स एन्ड स्पोर्टस्मा सहभागी हुने भनिएपछि खेलाडी घाइते हुँदा नाम फिर्ता लिनुपरेको थियो । कराँतेमा एरिका गुरुङ र बक्सिङमा चन्द्र थापाबाट नेपाली खेलकुदले पदकको ठुलो आशा गरेको छ । उसुका खेलाडी विजय सिन्जाली पदक जित्न प्रयास गर्ने बताउँछन् । ‘तयारी राम्रो भएको हो । सरकारले लामो समय तयारी गराएको छ । हाम्रो लक्ष्य पदक जिताउने हुनेछ । सोहीअनुसार खेल्नछौँ,’ उनले भने ।

हालसम्म तीन रजत २३ कांस्य
सन् १९५१ भारतको नयाँदिल्लीमा भएको पहिलो संस्करणदेखि नेपालले एसियाडमा सहभागिता जनाउँदै आएको छ । समग्रमा नेपालले १९औँ एसियाडसम्म तीन रजत र २३ कांस्य पदक जितेको छ । एसियाली खेलमा पहिलो रजत पदक तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी हुन् । उनले सन् १९९८ मा बैंकक भएको संस्करणमा ऐतिहासिक रजत पदक जितेको हो ।

सन् २०१८ प्याराग्लाइडिङले इन्डोनेसियामा टिम इभेन्ट्समा रजत जित्यो । तीन वर्षअघि हाङझाउमा कराँतेकी एरिकाले रजत पदक जितिन् । नेपालले सन् १९८६ दक्षिण कोरियाको सोलमा भएको एसियाडमा पहिलोपटक पदक जितेको थियो ।

एसियाडमा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी तेक्वान्दोका विधान लामा हुन् । महिलातर्फ नेपाललाई पहिलो कांस्य दिलाउने तेक्वान्दोकै सीता राई हुन् । यसैगरी, एसियाडमा लगातार दुईपटक कांस्य जित्ने एक मात्र खेलाडी तेक्वान्दोका दीपक विष्ट हुन् । उनले सन् २००३ को बुसान र सन् २००६ को दोहा एसियाडमा कांस्य जितेका थिए । 

सुझावित समाचार