महिला यू-१९ टी-२० विश्वकपमा नेपालको पहिलो जित

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसिसी महिला यू-१९ टी-२० विश्वकपमा पहिलो जित निकालेको छ । विश्वकपको प्ले अफमा घरेलु टोली मलेसियालाई सात विकेटले हरायो । यससँगै नेपालले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । मलेसिया भने जितविहीन रह्यो ।

शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा  टस हारेर  ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो ।  मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कप्तान पूजाले अविजित २३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् । मलेलियाका लागि तीनै विकेट मर्स्याले लिइन् । यसअघि मलेसियाका लागि नुरिमनले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र नाै रन खर्चिँदै सार्वधिक चार विकेट लिइन् । यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छिन् । जारी विश्वकपमा पूजाको यो नवौँ विकेट हो । यसैगरी, रचना चौधरीले तीन तथा रिया शर्मा र सिमानले समान एक विकेट लिए ।

See More On

सुझावित समाचार