तिलौराकोटमा ४८ देशका पर्यटक

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

गौतम बुद्धले बाल्यकाल बिताएको कपिलवस्तुको तिलौराकोटमा सन् २०२४ मा ४८ देशका पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोष, तिलौराकोट सम्पर्क कार्यालयका अनुसार एक वर्षमा एक लाख ५२ हजार एक सय १४ पर्यटकले अवलोकनसमेत गरेका छन् ।

कार्यालय प्रमुख माधव आचार्य

बेलायतको दुर्हम विश्वविद्यालयको प्राविधिक सहयोगमा तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि उत्खनन गर्न थालेपछि सो क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्या बढ्न थालेको कार्यालय प्रमुख माधव आचार्यले जानकारी दिए ।

बेलायतको दुर्हम विश्वविद्यालयको प्राविधिक सहयोगमा पुरातत्व विभागले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि उत्खनन गर्न थालेपछि सो क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्या बढ्न थालेको कार्यालय प्रमुख माधव आचार्यले जानकारी दिए । ‘तिलौरोटको इतिहास उत्खनन गर्ने र विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि देशी–विदेशी पर्यटकको चासोमा पर्न थालेको छ,’ उनले भने ।

तिलौराकोटमा सबैभन्दा बढी म्यानमार, थाइल्यान्ड, कम्बोडिया, श्रीलंकालगायतका बौद्धमार्गी आउने गरेका छन् । त्यस्तै जापान, जर्मन, फ्रान्स, अमेरिका, भियतनाम, चीन, कोरियालगायतबाट पनि पर्यटक धेरै आउने गरेको आचार्यले जानकारी दिए । गौतम बुद्धको पावन भूमिले परिचित तिलौराकोटमा आएका पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढीले विश्व शान्ति र सद्भावको कामना गर्ने गरेको उनले बताए । तिलौराकोटमा पर्यटकको संख्या बढ्दा स्थानीयस्तरमा सकारात्मक प्रभाव परिरहेको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए । तिलौराकोटमा पाइला टेक्दा पुण्य प्राप्ति हुने तथा भग्नावशेष दरबारको पूर्वी–पश्चिम गेटमा बसेर बुद्धको बाल्यकालको जीवनलीला पाठ गर्दा शान्ति प्राप्त भई आत्मसन्तुष्टि हुने बौद्धमार्गीको विश्वास छ ।

बुद्धको जीवनसँग सम्बन्धित अन्य पुरातात्विक स्थलसमेत भएकाले तिलौराकोटमा पर्यटक बढ्दै गएका हुन् । यहाँ आउने पर्यटकहरू धमनिया स्तूप, सगरहवा, निगालीकोट, गोटिहवा, सिसहनियाकोटलगायतका स्थानसमेत पुग्ने गरेका छन् । तिलौराकोटलाई सन् २०२५ भित्र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अघि बढाइएको लुम्बिनी विकास कोषका निर्देशक ज्ञानिन राईले जानकारी दिए । दरबार क्षेत्रमा रहेको जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण अघि बढाएको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए । 

See More On

सुझावित समाचार