नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँगको सातबुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा केसीले संविधान संशोधन ०८७ सालमा मात्रै हुन्छ भन्ने ओलीको अभिव्यक्तिले वर्तमान गठबन्धन सरकारको औचित्यसमेत सकिएको बताए। यो सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरूप दिएर संविधान संशोधन गर्ने सहमतिकै कारण आफूहरूले समर्थन गरेको उनले स्मरण गराए।
उनले भने, ‘तर, ०८७ साल नभई संविधान संशोधन नै हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले यो सरकार दुईवटा ठुल्ठुला दलको जुन (सहमतिमा) बनेको छ, त्यसकाे सातबुँदे सहमतिमाथि अपमान भएको छ। र, यो सरकारको औचित्य पनि समाप्त भएको छ भन्ने मेरो दृष्टिकोण छ।’