नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक १४बुँदे विशेष प्रस्ताव पारित गर्दै सकिएको छ।
बैठकले कांग्रेस–एमालेको संयुक्त सरकार गठनपछि मुलुकमा राजनीतिक स्थिरताको सन्देश प्रवाह भएको निष्कर्ष निकाल्दै सत्तारूढ दलहरूबिचको आपसी सहकार्य र विश्वासलाई अझ सुदृढ बनाउन सुझाव दिएको छ।
त्यस्तै, बैठकले अर्थतन्त्रलाई लयमा फर्काएर गतिशील बनाउन, सुशासन कायम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन, विदेशमा रहेका युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन, युवा उद्यमलाई प्रोत्साहन गर्नलगायतका विषयमा ध्यानाकर्षण गराएको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए।