रास्वपाको केन्द्रीय समिति बैठक सुरू

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) काे केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ ।

बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।     
 

See More On

सुझावित समाचार