जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकालको लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा निर्वाचित भएका छन्।
शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० भोटमध्ये २० भोट नै प्राप्त गर्दै श्रेष्ठ तेस्रो पटक निर्वाचित भएका हुन्। साता सदस्य भने मतदानमा सहभागी भएनन्।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका श्रेष्ठ एनओसीमा दुई कार्यकाल महासचिव भएका थिए।
अन्य पदमा यसअघि नै सबै सदस्य निर्विरोध भइसकेका छन्।