डिआइटी सोलुसन र आदिम नेसनल कलेजबिच सहकार्य

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

डिआइटी सोलुसन प्रालि र चाबहिलस्थित आदिम नेसनल कलेजबिच सूचना प्रविधि (आइटी) विद्यार्थीहरूलाई इन्टर्नसिप र रोजगारीको अवसर प्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

दुई संस्थाबिच भएको सहकार्यले विद्यार्थीलाई व्यावहारिक अनुभव र प्राविधिक सीप हासिल गर्न मद्दत पुर्याउनुका साथै रोजगारीका अवसरहरू प्रदान गर्ने जनाइएको छ ।  

सो अवसरमा डिआइटी सोलुसनका प्रमुख कार्यकारीअधिकृत सुदीप घिमिरेले भने, ‘यस सहकार्यले आइटी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्नेछ। विद्यार्थीलाई व्यावसायिक जीवनमा अघि बढ्न आवश्यक सीप र अनुभव दिन हामी प्रतिबद्ध छौँ।’ 

त्यस्तै, आदिम नेसनल कलेजका कार्यकारी निर्देशक मीना भट्टाराईले भनिन्, ‘यो सहकार्यले विद्यार्थीलाई आइटी क्षेत्रमा प्रत्यक्ष अनुभव दिलाउने र उनीहरूको करिअरमा महत्त्वपूर्ण योगदान दिनेछ।’

See More On

सुझावित समाचार