बिवाइडीको एक करोड एनइभी उत्पादन

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

ऊर्जा सवारीसाधन (एनइभी) र पावर ब्याट्री निर्माता बिवाइडीले एक करोड गाडी उत्पादन गरेको छ । कम्पनीले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा एक करोड एनइभी गाडी उत्पादन गरेको हो । यो उपलब्धिले दिगो यातायातप्रतिको बिवाइडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी डिलरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको कम्पनीको दाबी छ । 

कार्यक्रममा बिवाइडीका अध्यक्ष वाङ चुआनफुले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे । वाङले प्राविधिक इन्नोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बिवाइडीको महŒवपूर्ण भूमिका रहेको बताए ।

एक करोड नयाँ ऊर्जा सवारीसाधन एनइभी उत्पादन गर्ने बिवाइडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको बताइएको छ । पहिलो १५ वर्षमा ५० लाख एनइभी उत्पादन गरेको कम्पनीले अर्को ५० लाख उत्पादन १५ महिनामै गरेको जनाएको छ । करोडौँ नम्बरको गाडी डेन्जा जेट नाइन गेम साइन्सका संस्थापक एवं सिइओ फेङलाई प्रदान गरिएको छ ।

अध्यक्ष वाङले बिवाइडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए । साथै, आगामी योजनामा बिवाइडीले अटोमोटिभ प्रणालीलाई एकीकृत गर्ने बौद्धिक प्रविधिमा एक खर्ब युआन लगानी गर्नेछ, जसले बिवाइडीको सम्पूर्ण सवारीसाधन शृंखलामा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

See More On

सुझावित समाचार